News & Events बीमितको घरमै गइ जीबन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

बीमा दाबी भुक्तानी प्रकृया भन्झटिलो र ढिला सुस्ती हुने आम जनमानसमा रहेको भ्रमलाइ परिवर्तन गर्दैे आफ्ना बीमित स्व. जनक केसीको घरमै पुगी दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम रु २० लाख र बोनस बापतको रकम रु ५५ हजार गरी कुल दाबी भुक्तानी रकम रु २० लाख ५५ हजारको चेक ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रिय प्रवन्धक श्री मोहन पुरीले मृतकका पिता श्री गुमान सिं केसीलाई प्रदान गर्नु भएको थियो । स्व. केसीले यस कम्पनीको तुलसीपुर उपशाखाबाट २०७५/१२/१२ गते रु १० लाख बीमाङ्कको बीमालेख लिनुभएको थियो भने मिति २०७६/०६/१३ मा मोटरसाईकल दुर्घटनामा परी उपचारको क्रममा वहाँको असामयिक निधन भएको थियो ।

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा तुलसीपुर उ.म.न.पा. वडा ९ का वडा सदस्य डम्मर पुरी, प्रहरी सहायक निरक्षक प्रदिप खडका, टोलका अध्यक्ष केशव ओली, घोराही शाखाका प्रवन्धक पूर्ण बहादुर ओली, तुलसीपुर उपशाखा प्रवन्धक कमल सिंह खडका, कम्पनीका एजेन्सी म्यानेजर दिनेश केसी लगायतको उपस्थिति रहेको थियो । कम्पनीका क्षेत्रिय प्रवन्धक श्री मोहन पुरीले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीेले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैं बीमितको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।