News & Events ज्योति लाइफको व्यावसायिक कारोबार शुरू

बीमा समितिबाट भदौ १९ गते सञ्चालनको अनुमति पाएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो बाल जीवन बीमा गर्ने सुशान्त मैनालीलाई सम्मान  गर्दै सेवा शुरू गरेको छ । कम्पनीले राजधानीमा आइतवार व्यावसायिक कारोबार सञ्चालन गरेको हो ।

कम्पनीको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले पछिल्लोपटक नयाँ बीमा कम्पनी आएपछि अनुभवी कर्मचारीको तानतान गर्नेजस्ता अस्वस्थ प्रतिस्पर्धा नगर्न अनुरोध गरे । नयाँ जनशक्तिलाई अवसर दिएर परिचालन गर्न उनले आग्रह गरे । बीमा कम्पनीलाई लक्षित गर्दै उनले हाल रेमिट्यान्सले गर्दा दुर्गम गाउँमा समेत आम्दानी बढेकाले कम्पनीले उक्त ठाउँमा जनचेतना फैलाई बीमामा आवद्ध गर्न सकिने सुझाव दिए ।

Read more