
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धनुषा जिल्लाको जनकपुरमा नयाँ शाखा विस्तार गरेको छ । हालसम्म काठमाडौँ उपत्यकाभित्र ज्ञानेश्वर, गोंगबु, जोरपाटी, किर्तिपुर, पुल्चोक, र सुर्यविनायक तथा उपत्यकाबाहिर नारायणगढ, विरगंज, पोखरा, चन्द्रनिगाहपुर, सिन्धुली, निजगढ, टिकापुर, बनेपा र नेपालगञ्जमा गरी १५ शाखा विस्तार गरेको कम्पनीले १६औँ शाखा जनकपूरमा स्थापना गरेको हो ।