
ज्योति लाइफ इन्स्योरेन्सले ६६ करोड रुपैयाँ मूल्यको साधारण सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ ।
सो सम्बन्धमा ज्योति लाइफ र एनएमबी क्यापिटल लिमीटेडबीच मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे र ज्योति लाइफको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले हस्ताक्षर गरे । सो अवसरमा ज्योति लाईफका कम्पनी सचिव रामप्रसाद थपलिया तथा एनएमबि क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमलप्रसाद नेपाल र विजनेश विभाग प्रमुख रोश्ना मानन्धरको समेत उपस्थिति रहेको थियो ।
Read more Bizshala