साझेदारहरू

ज्योति लाईफ कम्पनी लि. ले जर्मनी पुनर्बीमा कम्पनी “Hannover Re”  तथा नेपाली पुनर्बीमा कम्पनी “Nepal Re” सँग सेवा लिदैं आएको छ ।

Hannover Re, २१ अर्ब पाउन्ड पुंजी सहित विश्वको तेस्रो ठुलो पुनर्बीमा कम्पनी हो । सन् १९६६ मा स्थापित यो कम्पनीको प्रधान कार्यालय जर्मनीमा अवस्थित छ । संसारको २५ भिन्न स्थानमा शाखा संजाल विस्तार गरेको यस कम्पनीले जीवन तथा गैर जीवन बीमा कम्पनीलाई पुनर्बीमा सेवा प्रदान गर्दछ । पुनर्बीमा कम्पनीलाई rating गर्ने संस्था Standard & Poor बाट AA –(Very Strong) तथा A.M.  बाट A+ (Superior) rating प्राप्त गरेका यस कम्पनीको मलेशिया शाखासँग यस ज्योति लाईफ कम्पनी लि. ले जुलाई २०१७ देखि पुनर्बीमा सेवा लिदैं आएको छ ।

Website address: https://www.hannover-re.com

Nepal Re-Insurance Company Limited (Nepal Re.), सन् २०१४ नोभेम्बरमा स्थापित नेपाली पुनर्बीमा कम्पनी हो । निजि र सार्वजनिक साझेदारी अनुरुप स्थापित यस कम्पनीमा नेपाल सरकारको समेत संलग्नता रहेको छ । नेपाल सरकार, १७ गैर जीवन बीमा कम्पनी, ८ जीवन बीमा कम्पनी तथा ६ भिन्न पब्लिक लिमिटेड कम्पनी सहित ३२ साझेदार सहेको यस कम्पनीको ५ अर्ब ने.रु. पुंजी रहेको छ । विभिन्न जीवन तथा गैर जीवन बीमा कम्पनीलाई पुनर्बीमा सेवा प्रदान  गरिरहेको यस कम्पनीसँग ज्योति लाईफ कम्पनी लि. ले नेपाल सरकारको पुनर्बीमा व्यवसायको २०% नेपाली कम्पनीलाई प्रदान गर्नु पर्ने निर्देशन अनुसार जुलाई २०१८ देखि पुनर्बीमा सेवा लिदैं आएको छ ।

Website address: https://www.nepalre.com.np/en